दार्चुला । डिलाशैनी गाउँपालिका वडा नम्बर ५ र ६ का बिभिन्न ठाउँमा चोरीका घटना बढेका छन् । गत महिनादेखि केहि व्यापारीको पसलबाट उपभोग्य सामाग्रीहरु चोरी भइरहेको गुनासो बढेको हो । रातीको समयमा व्यापारीहरु पसल बन्द गरेर घर गएको अवस्थामा पसलबाट सामानहरु चोरी हुने गरेको स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो ।
बुधबार राती बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ का धन बहादुर थलाल र डिलाशैनी–५ का उत्तर बहादुर बोहराको पसलबाट ५० हजार रकम बराबरको खुद्रा सामग्री र रिचार्ज कार्ड चोरीएका छन् । यस्तै डिलाशैनी ६ का खेमराज नाथको कुखुरा फार्म बाट ४० कुखुरा चोरी भएको गोकुलेश्वर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार चोरीमा संलग्न को व्यक्ति हो भन्ने बुझिएको छैन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीको लापरवाहीका कारण समेत चोरीका घटना भएको स्थानीय व्यापारीहरुको आरोप छ । विगतमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कारवाही गरेको भए घटनाहरु नदोहोरिने आस गरेकोमा पटक–पटक चोरी हुदाँ समेत कसैलाई कारवाही नभएकाले यस्ता घटना दोहोरिएको हुनसक्ने व्यापारीहरु बताउछन् । पछिल्लो समय सुदूरपश्चिमको पहाडी जिल्लाहरुमा जात्राको चहलपहल बढेको छ । जात्राको समयमा चोरीका घटना हुँदा व्यापारी चिन्तित बनेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया