दार्चुला । प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री एबं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाले नेपाली कांग्रेश विकास विरोधी पार्टी भएको आरोप लगाउनुभएको छ । नेकपा एमालेको लेकम गाउँपालिका अधिवेसन समारोहलाई सम्बोधन गर्दै उहाँले कांग्रेशका कारण लेकम क्षेत्रसहित सिगों दार्चुला विकासमा पछि परेको बताउनुभयो । कांग्रेश भनेकै ति यस्ता उडुसहरु हुन, नेता ठगुन्नाले भन्नुभयो, जसले अर्काको (राज्य र नागरिकको) खुन चुसेर मोटाएर टम्म भएका छन र अरु दुब्ला पातला गरिब मानिसहरुलाई अल्झाएर पछि लाएर शासन गरिरहेका छन् ।
कांग्रेशको असहयोगका कारण रोकिएका विद्युतिकरण, सडक लगायत विभिन्न विकासका योजना र कार्यक्रमको उदाहरण दिदै उहाँले लेकममा एमालेको बहुमत नभएका कारण विकास बाधक भइरहेको बताउनुभयो । अबको दुई बर्षपछि लेकमको गाउँगाउँमा सडक, विद्युत पुग्ने र जिल्लाकै समृद्ध गाउँपालिका बन्ने उहाँको भनाई छ । लेकमको सडक, विद्युतिकरण, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार लगायत हरेक क्षेत्रको विकासका लागि कामहरु भइरहेको उहाँको दाबी छ । स्थानीय तहबाट पराजित भए कांग्रेशका नेता, कार्यकर्ताहरु पलायन भएर तराई बसाई सर्ने उहाँको भनाई छ ।
नेता ठगुन्नाले गरेको सम्बोधनको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया