दार्चुला । बैतडीको पुर्चौंडी नगरपालिकामा सोमबार सार्वजनिक बिदा हुने भएको छ । कार्तिक २९ गते हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने भएकोले सो दिन नगरक्षेत्र भित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख रणबहादुर कुवँरले जानकारी दिनुभयो । गिरेगडा कफलखाना मेला सो क्षेत्रको ठूलो मेलाको रुपमा लिइन्छ । हरेक बर्षक कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने गरेको पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरिसिह साउदले जानकारी दिनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया