बैतडीबाट एमाले महाधिवेशन प्रतिनिधिमा १५ जना सर्वसम्मत

दार्चुला । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनका लागि बैतडीबाट सर्वसम्मत रुपमा १५ जना प्रतिनिधि छनौट भएका छन्। १० वटै पालिकाको प्रतिनिधित्व हुने गरी शनिवार महाधिवेशन प्रतिनिधि चयन गरिएको हो।

संघीय सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल र प्रदेश सभा सांसद लिलाधर भट्ट प्रतिनिधि छनौट भएका छन्। यस्तै प्रदेश कमिटी सदस्य पुष्करराज जोशी, मोहन थापा, गोरखबहादुर चन्द, भरत मडै र जसबिर बोहरा पनि खुलाबाट प्रतिनिधि चयन भएका छन्।

महिलाबाट पनि जानकी ऐर बम, जानकी अवस्थी, लिला बिष्ट र हेमा भट्ट कपाडी चयन भएका छन्। प्रदेश सांसद लिलाधर भट्टका अनुसार दलित खुलातर्फ नरेश बिक र धना पहरी चुनिदा सरस्वती नेपाली दलिततर्फ प्रतिनिधि आएकी छन्।

भट्टका अनुसार कर्णबहादुर कुवरलाई प्रदेश कमिटीले अनुमोदन गर्ने गरी जिल्लाबाट सिफारिस गर्ने निर्णय गरिएको छ भने केन्द्रीय कमिटी सदस्य पुरन दयाल पदेन प्रतिनिधि छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?