दशरथचन्द नगरपालिकामा बिहिबार सार्वजनिक विदा

दार्चुला । बैतडीको दशरथचन्द नगरपालिकाले भोली मंसिर २ गते सार्वजनिक विदा दिने निणर्य गरेको छ ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकले कार्तिक शुक्ल पक्ष चतुर्दशीका दिन जिल्ला सदरमुकाम गढीमा रहेको जगन्नाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा मंसिर २ गते बिहिबार सार्वजनिक विदा दिने निणर्य गरेको हो ।

भोली विदाको दिन नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरु लगायत बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बन्द रहने दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिह थापाले जानकारी दिनुभयो ।
जगन्नाथ मन्दिरमा प्रत्येक बर्ष कार्तिक शुक्ल पक्ष चतुर्दशीका दिन भब्य जात्रा लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?