डडेल्धुराको उग्रतारा र बैतडीको मेलौली भगवती मन्दिरमा जात्रा सम्पन्न

दार्चुला । डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा देहिजाँत अर्थात मेला लागेको छ । उग्रतारामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ ।

बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरका भब्य जात्रा सम्पन्न भएको छ । बिहिवारबाट शुरु भएको जात्रा शुक्रवार सम्पन्न भएको हो । बिहिवार कार्तिक शुक्ल चतुर्दशीका दिन राती रतेडी जात्रा लागेकोमा शुक्रवार पुर्णीमाका दिन भब्य रुपमा दिउसेडी जात्रा सम्पन्न भएको मेलौली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरत सिह नेगीले जानकारी दिनुभयो ।

जात्रामा सुदुरपश्चिमका बिभिन्न जिल्लाहरु लगायत भारतबाट समेत दर्शनार्थीहरु जात्रा भर्न यहाँ पुग्ने गर्दछन् । शक्तीशाली देवीका रुपमा रहेकी उग्रतारा र मेलौली भगवतीको मन्दिरमा लाग्ने जात्रा ब्यापार ब्यवसायका लागी पनी प्रसिद्ध रहेको छ । जात्रामा रागा र बोकाको बलि समेत दिइएको वडाअध्यक्ष नेगीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?