दुई वर्षदेखि पारिश्रमिक नपाउदा मजदुरले गरे सडक अबरुद्ध

दार्चुला । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड आजदेखि अबरुद्ध गरेका छन् । उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएकाछन् । पाटन नगरपालिका ६ स्थित लोर्खामा सडक खण्ड मजदुरको अनशनका कारण अवरुद्ध भएको छ ।

मङ्सिर १ गतेदेखि दोस्रोपटक अनशन सुरु गरेका उनीहरुले दुई वर्षदेखिको पारिश्रमिक पाउनुपर्ने र रोजगारी सुनिश्चितताको माग गरेका छन् । सडकखण्ड बिहानैदेखि अवरुद्ध भएकाले प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

यसअघि गत असारमा २१ दिन पाटन–पञ्चेश्वर सडकखण्डको प्रवेशद्वार पाटन बजारनजिकै २१ दिन रिलेअनशन बसेका थिए । त्यतिबेला पनि आश्वासनकै भरमा अनशन तोडेका थिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष माग गर्दै उनीहरुले पारिश्रमिक र रोजगारीको सुनिश्चतताको माग पनि गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?