सँगै काम गरिरहेका दुई जनाबीच हानाहान, एकको मृत्यु

दार्चुला । डोटीमा झै–झगडा हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बोगटान गाउँपालिका–१ उल्टेपानीका ४९ वर्षीय धनबहादुर मगरको मृत्यु भएको हो। आइतबार दिउँसो टेकबहादुर मगरको घर छाई खाना खाने क्रममा मृतक मगर र ३२ वर्षीय मिलन मगरबीच विवाद भएको थियो। सोही विवाद हानाहानमा परिणत भएपछि धनबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घाइते उनको उपचारको लागि दिपायलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। झगडामा संलग्न मिलन मगरलाई प्रहरी चौकी चमराचौतराबाट खटिएको टोलीले नियन्त्रणमा लिइसकेको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?