मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

दार्चुला । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र ०१ ००९ २९९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनबहादुर नेपालीको मृत्यु भएको हो।

सोमबार करिब ७ः३० बजेको समयमा गौरीगंगा नगरपालिकाका ५५ वर्षीय नेपालीलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। नेपालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?