महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले भुटानलाई ८ विकेटले हरायो

दार्चुला । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले भुटानलाई आठ विकेटले हराएको छ । दुबईमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर तीन बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता राना मगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले आठ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो । बलिङतर्फ नेपालकी सीता राना मगरले चार ओभरमा १० रन दिएर तीन विकेट लिइन् । यस्तै करुणा भण्डारीले एक विकेट लिइन् । पहिलो खेलमा नेपाल हिजो हङकङसँग पराजित भएको थियो ।

छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । शीर्ष स्थानमा रहने टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?