दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित खुलामञ्चमा सञ्चालित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक टिम छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले हात पारेको छ । दुँहु गाउँपालिकालाई ३-० सेटमा हराउदै आयोजक विजेता भएको हो । दुहुँ गाउँपालिकाको टिमले उपबिजेतामा चित्त बुझाएको छ । विजेता आयोजक टिमलाई नगद रु १ लाख ११ हजार १ सय ११ नगद सिल्ड र प्रमाण प्रदान गरिएको छ भने उपबिजेता दुहुँ गाउँपालिकाको टिमलाई ५५ हजार ५ सय ५५ नगदसहित मेडल सिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
व्यास गाउँपालिकाको सान, युवा खेलाडीको सम्मान, सदभाव, शान्ती र सम्वृद्धि हाम्रो पहिचान भने मुल नाराका साथ यहि मंसिर ४ गतेबाट सुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो । सबै खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सटर, वेस्ट स्पाईकर, र अनुशासित टिमलाई ट्रफि प्रदान गरिएको आयोजनकले जनाएको छ ।
उदयमान खेलाडीको सहभागिता गराउने गरि छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले खेल संचालन गरेको थियो । उक्त खेलकुदको उद्घाटन प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले गर्नुभएको थियो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया