मालिकार्जुन नमुना माबि धापमा भवन उद्घाटन हुँदै, राजदूतावासबाट खम्पा दार्चुलामा

दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ७ मा रहेको मालिकार्जुन नमुना माबि धापमा आइतबार (आज) १२ कोठे भवनको उद्घाटन हुने भएको छ । भारतीय राजदुतावासबाट निर्माण भएको १२ कोठे भवनको उद्घाटन एबं हस्तान्तरण कार्यक्रम भारतीय राजदुतावास काठमाण्डौँका नियोग उपप्रमुख नामग्य सी. खम्पा र महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले गर्ने विद्यालयका प्रधानाद्यापक सुन्द्रसिंह बुढाथोकीले जानकारी दिनुभयो । भवन हस्तान्तरणका लागि उपप्रमुख खम्पा शनिबार नै दार्चुला आइसक्नुभएको छ ।

भवनको उद्घाटन आइतबार विहान ११ बजे विद्यालयकै प्रांगणमा हुने प्रधानाद्यापक बुढाथोकीले बताउनुभयो । भारतीय राजदूतावासका उपप्रमुख खम्पा भवन हस्तान्तरण र दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडितहरूलाई राहत वितरण गर्न दार्चुला आएको प्रहरीले जनाएको छ । जिल्ला बसाइको क्रममा खम्पाले जिल्ला समन्वय समिति पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?