नेपालको विश्वकप खेल्ने सपना अधुरै, यूएईसँग पराजित

दार्चुला । नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप यात्रा सकिएको हो ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आइतबार भएको अन्तिम खेलमा यूएईले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो । नेपालका लागि इन्दु बर्माले १५ रन बनाउनुभयो । सीता रानामगरले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सक्नुभएन।

नेपाललाई सस्तैमा समेट्न समैरा धारनीधारकाले सर्वाधिक चार विकेट लिनुभयो । खुशी शर्मा र चामानी सेनेभिरत्नाले समान दुई दुई विकेट लिनुभयो । चाया मुगलले एक विकेट लिनुभयो । यसअघि दुबईको आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली संयुक्त अरव इमिरेट्स ९यूएई०० ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको छ ।

यूएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन बनाउनुभयो । थिर्था सतिसले ४७ र कभिसा इगोडेजले २२ रन बनाउनुभयो । बलिङमा नेपालकी कविता कुँवरले दुई तथा सवनम राई, सीता रानामगर र संगीता राईले एक एक विकेट लिनुभयो । जितसँगै यूएईले टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ । ६ टोली सहभागी छनोट खेलमा यूएई एक्लो अपराजित टोली हो ।

शीर्षस्थानमा रहेको यूएईको १० अङ्क छ । दोस्रो स्थानमा रहेको नेपालको ६ अङ्क छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?