मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

दार्चुला । कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, तीन जना गम्भीर घाइते भएका छन्। नम्बर नखुलेको अनटेस्ट मोटरसाइल से ६ प ६९० नम्बरको अर्का मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी घोडाघोडी नगरपालिका वडा नम्बर १ को बेलकोटामा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा वडा नम्बर १ का अन्दाजी २० वर्षीय रुद्र बोहरा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै घाइते हुने सोही ठाउँका अन्दाजी ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेको प्रहरीले बताएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?