प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन उद्घाटन

दार्चुला । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन उद्घाटन भएको छ । अधिवेशन आयोजक समिति संयोजक निमेन्द्र शाहीको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा अधिवेसन उद्घाटन भएको हो । कार्यक्रमको उद्घाटन मुख्यमन्त्री भट्टले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

उद्घाटन सत्रमा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिब राम सिंह ठगुन्ना, पत्रकार महासंघका संस्थापक प्रदेश समिति अध्यक्ष अर्जुन शाह, प्रेस चौतारी र प्रेश युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्नेक्रममा महासंघका अध्यक्ष योगेश रावलले पत्रकारको हकहितमा जहिले पनि पत्रकार महासंघ काम गर्ने धारणा राख्नुभयो । अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले चाकरीले हैन, लेख्ने पत्रकारले नेतृत्व पावस् भन्ने सुझाब दिनुभयो । प्रदेश सरकारले पत्रकारको हकहितका लागि अक्षय कोष बनाउनमा सोचे भन्दा पनि राम्रो सहयोग गरेकोमा प्रसंसा गर्नुभयो । साथै निर्वाचनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पत्रकार संगठनहरुलाई दिएको पैसाको खोजिनिति हुनुपर्ने समेत उहाँको भनाई थियो । विभिन्न आरोप लागेपछि प्रेस युनियनले उक्त बजेट फिर्ता गरेको रावलले बताउनुभयो । पत्रकार महासंघको चुनावका बेला व्यवस्थापन लागि प्रदेश सरकारबाट पत्रकार संघ, संगठनले पाँच पाँच लाख रुपैया बजेट पाएको पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव राम सिंह ठगुन्नाले जानकारी दिनुभयो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले पत्रकारितालाई समय अनुसार अघि बढ्न बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै एफएम रेडियोहरुको क्षमता अभिवृद्धि गर्न र पत्रकार महासंघका जिल्ला कार्यालय स्थापना गर्न प्रदेश सरकार सकारात्मक रहेको उहाँको भनाई थियो । अधिवेसनको उद्घाटन सत्र सम्पन्न भइसकेको र बन्द सत्रको तयारी भइरहेको अधिवेसनमा सहभागि प्रेस सेन्टर दार्चुलाका अध्यक्ष हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?