दार्चुला । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशन आयोजक समिति संयोजक निमेन्द्र शाहीको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा उद्घाटन भएको अधिवेसन नेतृत्व चयन गर्दै सोमबार धनगढीमा सम्पन्न भएको हो ।
अधिवेसनबाट भुवन बोहराको अध्यक्षतामा ३७ सदस्यिय प्रदेश कमिटी चयन गरिएको छ । वरिष्ठ उपाधक्ष्यमा सम्राट सिंह, उपाध्यक्षमा पदम बोहरा र प्रेम नेपाली, प्रमुख सचिवमा कर्ण चन्द, सचिवमा लखन चौधरी, मोहन विष्ट, हरिस नगारा, सुरेन्द्र ताम्राकार, पहिलाद राना, धनराज बिक, शोदा नेपाली र शान्ति बोहरा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा घनश्याम पौडेल चयन हुनुभएको छ ।
उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्ने क्रममा पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलले पत्रकारको हकहितमा जहिले पनि पत्रकार महासंघ काम गर्ने धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री त्रिलोचन भट्टले पत्रकारितालाई समय अनुसार अघि बढ्न बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया