दार्चुला । नेपाली कांग्रेशका नेता एबं महाधिवेसन प्रतिनिधि बिक्रमसिंह धामीले दार्चुलामा मन्त्री दिलेन्द्र प्रसाद बडूले पार्टीलाई प्राइभेट लिमिटेड सोच्दा त्यागी नेताहरुप्रति अन्याय भएको बताउनुभएको छ । बिपि कोइरालाको आदर्श, गणेशमानको त्याग, किसुन जि को सन्तत्व, गिरिजा कोइरालाको हिक्मत र सुशिल कोइरालाको सादगी बिरासत बोकेको कांग्रेशलाई सिद्धाउन नेता बडूले दार्चुलाको गुट चलाएको उहाँको भनाई छ ।
नेपाली कांग्रेश दार्चुलाको सातौँ जिल्ला अधिवेसन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, बडू सरले मदन गिरीलाई हराउदा खेरी अलिकति लाज लागेन? पार्टीमा बर्षौ बिताएका अरु त्यागी नेताहरुलाई हराउदा लाज लाग्दैन ? यो पार्टी कांग्रेश हैन, बडू सरको प्राइभेट लिमिटेड भयो, पार्टीभित्रको अन्याय सहनै नसकिने भयो । बडू सरले लिष्ट बनाएर प्रतिनिधिहरुलाई दिनुभयो, कांग्रेशमा त्याग गरेका हामीजस्ता नेताहरुलाई हराउन । अब पार्टीमा अन्याय सहेर बस्न सकिदैन, संघर्ष गर्नुपर्ने बेला आयो ।
बडू सरको खुलामंञ्चको त्यो मिठो भाषणले दार्चुलामा गणेश ठगुन्नालाई हराउन नसकिने नेता धामीको भनाई छ । कांग्रेश नै नभएका, २० प्रतिषत मात्रै कांग्रेश भएका नागुका ८० प्रतिषत मानिसलाई अहिले मैले कांग्रेश बनाएको छु । बडू सरले हिक्मतका साथ टिकट ल्याउनुहोस, प्रचारप्रसार समितिको संयोजक बिक्रम धामी हुन तयार छ । हिजोको दिनमा दुई दल मिलेको बेला कांग्रेशबाट कसैले टिकट ल्याउने मान्छे नपाएर मलाइ दिएको उहाँको भनाई छ । कांग्रेशलाई जिताउन अगामी निर्वाचनमा समेत आफुले टिकट पाउनुपर्ने उहाँको आशय थियो । ४६ बर्षदेखि निरन्तर राजनीतिमा लागेको बिक्रम धामीलाई बडू सरको आशिर्बाद नचाहिने उहाँको भनाई छ ।
२०४६ सालमा बहुदलिय व्यवस्था हुँदै अहिले लोकतान्त्रीक गणतन्त्र आउदा समेत दार्चुलाबाट दिलेन्द्रप्रसाद बडू बाहेक कांग्रेशमा कोहि पनि सासंद हुन पाएको छैन, कम्युनिष्ट पार्टीहरुले ११ जनालाई सासंद बनाइसक्यो । अब पार्टीभित्रको अन्याय सहेर बस्न सकिदैन उहाँको भनाई छ । बिक्रम धामी, मदन गिरी लगायत नेताहरु शेरबहादुर देउवा निकट रहेकोले नेता बडूले असहयोग गर्ने गरेको कांग्रेशका नेताहरु बताउछन् । अधिवेसनमा पराजित भएका र संस्थापन पक्षमा रहेका दार्चुलाका नेताहरुले पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले गुट चलाएको बताएका हुन ।
दार्चुला काँग्रेसले संस्थापन पक्ष र पुराना नेताहरुलाई चरम असहयोग गरेको, पार्टी नेतृत्वले आर्थिक प्रतिवेदन सार्वजनिक नगरेको, नेतृत्व चयनमा क्षेत्र, भूगोल नसमेटेको, चुनावमा सिण्डिकेट लागु गरेको, स्वतन्त्र मतदान नभएको मन्त्रीले गुट चलाएको, आसेपासे र चम्चाहरुलाई मात्रै पद दिएको लगायत विभिन्न आरोप नेताहरुको छ । पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार तथा शैल्यशिखरका नगरप्रमुख अमरसिह धामी, महाधिवेसन प्रतिनिधि बिक्रमसिंह धामी, करबिर कार्की, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी, उपसभापतिका उम्मेदवार उमेशसिंह खत्री, शन्तोष ऐतवाल, सचिवका उम्मेदवार महेन्द्र प्रसाद बडू, महेश सिंह धामी, नेता मोहन देव पन्त, महेन्द्रराज जोशी, सुरेन्द्र अवस्थी, गौरीशंकर गिरी लगायतले नेता बडूले आफुहरुमाथि अन्याय गरेको र पार्टीमा गुट चलाएको धारणा राखेका हुन् ।
नेता बिक्रम धामीको पुरै भाषण हेर्न यहाँ क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=_IpFCSI6d2w&t=50s
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया