कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्न बोर्डको बैठक बस्दै

दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बोर्डको बैठक बस्दैछ । बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एकरदुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

बोर्ड बैठकले आजै नतिजा निकाल्ने निर्णय पनि गर्न सक्नेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो । देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नपाएका विद्यार्थीका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने छ ।

हिजोदेखि छुटेका विद्यार्थीहरुका लागि परीक्षा सुरु भएको हो । परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?