ट्याक्टर दुर्घटनाः मृतकको संख्या तीन पुग्यो

दार्चुला । कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अर्जुनी ब्यारेक नजिक शुक्रवार दिउसो भएको ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएकाहरुको धनगढीस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

दैजीबाट कृष्णपुरस्थित घर फर्किरहेको जन्ती बोकेको से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो। १४ जना घाइते भएकामा गम्भीर अवस्थाका ३ जनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार कृष्णपुर नगरपालिका– ९ रैकवारका ५५ वर्षीय रनि राना, सोही ठाउँकी ६५ वर्षीया द्रोपती राना र ४४ वर्षीय रतनाकुमारी रानाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका चालक रामप्रशाद रानाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दैजिमा जन्तीको भोज खाएर कृष्णपुरस्थित घर फर्किदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?