जिपको ठक्करबाट दुई बर्षीय बालकको मृत्यु

दार्चुला । बाजुरामा जिपको ठक्करबाट एक वालकको मृत्यु भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरका २ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुढी नन्दा नगरपालिका ५ का ४० वर्षीय पेमा थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११६४ नम्बरको जिपले ठक्कर दिँदा २ वर्षीय बालक अंकित रोकायाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बुधबार जिपको ठक्करबाट घाइते भएका बालकको कोल्टी स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिप र चालक जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?