दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर ४ मा सम्पन्न भएको अशोक स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक चौलानी युवा क्लबले हात पारेको छ । बुधबारदेखि सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता शुक्रबार (आज) सम्पन्न भएको हो । प्रतियोगितामा सरस्वती माबि नङरा बैतडी द्धितिय र तवोपन माबि पडपडा तृतिय भएको छ ।
प्रतियोगिताको बिजेता टोलीले ३१ हजार १११ पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्धितिय टीमले १५ हजार ५१५ नगद सहित सिल्ड मेडल प्रमाणपत्र र तृतिय टीमले आठ हजार ५५ नगदसहित मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा बेष्ट पिलियर नबराज सिह धामी र बेष्ट ब्लकर बदलेब सिह धामी सम्मानित भएको आयोजकले जनाएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया