सेन्ट्रल जोन खेल्न जाने राष्ट्रिय भलिबल टिमको घोषणा, दार्चुलाका राजेद्र बिष्ट सहित १२ जना छनोट

दार्चुला । बंगलादेशमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि नेपाली पुरुष टिममा रहने अन्तिम १२ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । टिममा दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ घर भएका राजेन्द्र बिष्ट समेत पर्नुभएको छ । बन्द प्रशिक्षण गराइ रहेका नेपाली टिमका मुख्य प्रशिक्षक हान एविङले १६ जनाबाट अन्तिम १२ जनाको सूची सार्वजनिक गरेका हुन् । १६ जनाबाट ईश्वर थापा, दीपकराज जोशी, रबिन चन्द र धिरज बस्नेत बाहिरिएका छन् । नेपाली टिमले सेन्ट्रल जोनमा इम रानाकै कप्तानीमा खेल्ने छ ।

एभिसी सेन्ट्रल जोन महिला तथा पुरुषको भलिबल च्याम्पियनसिप पुस ६ देखि १४ गते सम्म बंगलादेशको ढाका आयोजना हुँदैछ । पुरुष भलिबल टिममा इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द रहेका छन् ।

यस्तै नेपाल भलिबल संघले एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्न राष्ट्रिय महिला टिमको पनि घोषणा गरेको छ । टिममा छनोट भएका खेलाडीमा कप्तान अरुणा शाही, पवित्रा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, शान्या पुन, कृपाा अधिकारी र सलिना श्रेष्ठ रहेका छन् । नेपाल महिला संस्करणको साविक च्याम्पियन हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?