प्रधानमन्त्री क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश–२ लाई हराउँदै सेमिफाइनलमा

दार्चुला । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । उसले बिहीबार प्रदेश–२ लाई ८७ रनले पराजित गरेको हो ।यो जितसँगै समूह ‘बी’ बाट सुदूरपश्चिमले सेमिफाइनलमा स्थान पक्का गरेको छ । १४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–२ ले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै ५६ रन मात्र बनाउन सक्यो ।

उसका लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश–२ लाई सस्तैमा समेट्न लक्ष्मी साउँद र कविता जोशीले दुईरदुई तथा ईश्वरी विष्टले एक विकेट हात पार्दा तीन विकेट रन आउटको रूपमा प्राप्त भयो ।यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । उसका लागि विन्दु रावलले अविजित ५० रनको योगदान दिइन् । ४५ बलको सामना गरेकी उनले ४ चौका प्रहार गरिन् ।

त्यस्तै, रूवी पोदारले २१, डली भट्टले १५, कविता जोशी र संगिता मौनीले १३र१३ रन बनाए । प्रदेश–२ का लागि विमला मगरले दुई तथा अनुराधा चौधरी र साना प्रविनले एकरएक विकेट हात पारे । एक विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।

यो जितसँगै सुदूरपश्चिमले ३ खेलमा ४ अंक जोड्दा समान खेलबाट २ अंकका साथ प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?