दार्चुला । बैतडीको एक विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँण स्थित डाँडाबाग आधारभूत विद्यालयमा अभिभावकहरुले बुधबारबाट तालाबन्दी गरेको डिलाशैनीबाट लोकदर्पण समाचारदाता महेशराज पन्तले जानकारी दिनुभयो ।
प्रधानाध्यापकको एकलौटि कार्यले विद्यालयको अवस्था बिग्रीदै गएपछि आफुहरुले बाध्यभएर विद्यालयमा तालाबन्दी गरेको अभिभावक धिर्क बहादुर कार्कीले जानकारी दिनुभयो । विभिन्न पाँच बुदे माग राख्दै अभिभावकहरुले तालाबन्दी गरेका छन् । विद्यालय व्यवस्थापन समिति गठन हुनु पर्ने, दिवाखाजा सञ्चालन हुनुपर्ने, शैक्षिक गुणस्तर खस्कीदै जानुको कारण स्पष्ट पार्नुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन गर्छु भनेर पत्र काटेर प्रधानाध्यापक उपस्थित नहुनुको कारण बताउनुपर्ने लगायत माग राखेर उनिहरुले तालाबन्दी गरेका हुन् ।
डाँडाबाग आधारभूत विद्यालय विगत तीन वर्षदेखि विद्यालय व्यवस्थापन समिति विहिन रहेको बताइएको छ । गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति गठनका लागि पत्राचार गरेपछि प्रधनाध्यापक बिरेन्द्र बहादुर कार्कीले पुष ६ गते पत्रकाटेर अभिभावकहरु बोलाएपनि त्यो दिन प्रधानाध्यापक आफुनै अनुपस्थीत भएपछि यो मनलाग्दी काम विरुद्ध आफूहरु लडिरहेका अभिभावकहरुले बताउनुभयो ।
तीन वर्ष पहिले गाउँपालिकाले ३ जना अभिभावकहरुलाइ पालिकामा डाँकेर धिर्क बहादुर कार्कीलाइ विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोकेको भएपनि प्रधानाध्यापकले उहाँलाई अध्यक्ष स्वीकार नगर्दा डाँडाबाग आधारभूत विद्यालय व्यवस्थापन समिति विहिन हुन पुगेको हो । व्यक्तिगत रिसिविका कारण प्रधानाध्यापकले धिर्क बहादुर कार्कीलाई स्वीकार नगरेको बताइएको छ । कक्षा ८ सम्म पढाइ हुने यो विद्यालयमा पहिले झण्डै अढाइ सय विद्यार्थीहरु अध्यनरत भएपनि विद्यालयको बिग्रदो अवस्थाका कारण अहिले ५० जना मात्रै रहेको अभिभावकहरुको गुनासो छ ।
यसरि विद्यालय व्यवस्थापन समिति विहिन हुँदा विद्यालय सेवासुविधा पाउन बाट समेत बञ्चीत भएको त्यहाँका अभिभावकहरुको गुनासो छ । तालाबन्दीको विषयमा बुझ्नका लागि प्रधानाध्यापकलाइ फोन लगाउँदा यो समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेन । यता गाउँपालिकाको शिक्षा शाखाले भने तालाबन्दीबारे जानकारी प्राप्त नभएको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया