कार्यालय सहयोगी ठगुन्नाको हृदयघातका कारण मृत्यु

दार्चुला । स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कार्यालय सहयोगी चन्द्रसिंह ठगुन्नाको मृत्यु भएको छ। ५० वर्षीय ठगुन्नाको आइतबार हृदयघातका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

बिहान १० बजेतिर कार्यालय आउने बेला बाटोमै ढलेका ठगुन्नालाई तत्कालै जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धनगढी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको बताइएको छ। ठगुन्नाका श्रीमती, दुई छोरा र एक छोरी छन्।

किशोर र किशोरी मृत फेला

कैलालीमा एक किशोर र किशोरी मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका ३ जुनेली शिविरकी १६ वर्षीया सञ्जू चौधरी र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

आइतबार राति सञ्जू आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी र मायाराम घरभन्दा २०० मिटर टाढा रहेको वनमा गई रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सञ्जूको मृत्युको १५ मिनेटपछि मायारामले पनि आत्महत्या गरेको पाइएको छ। दुवैको मृत्यु एक अर्कासँग जोडिएको छ वा छैन भन्नेबारे अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?