धनगढी जादै गरेको जीपबाट १६ किलो चरेश बरामद

दार्चुला । बझाङबाट धनगढी आउँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ। सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से१ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले बताएको छ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चालक बझाङको बुङ्गल नगरपालिका ११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरालाई जीप र चरेशसहित नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?