दार्चुला । कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्ट भारतको २२ राज्यमा फैलिएको छ । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो ।
शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८० जनामा ओमिक्रोन संक्रमित पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । योसँगै ओमिक्रोनका संक्रमितको संख्या १ हजार २७० पुगेको छ । ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै दिल्लीमा छन् । त्यहाँ हालसम्म २६३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
दोस्रो स्थानमा रहेको महाराष्ट्रमा ओमिक्रोनका संक्रमितको संख्या २५२ जना पुगेको छ । ओमिक्रोनका संक्रमित फेला पर्ने पछिल्लो राज्य बिहार बनेको छ । त्यहाँ हालै दिल्लीबाट आएका एक पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।
यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा तेस्रो लहर सुरु भएको बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया