दार्चुलामा कोरोना नियन्त्रणमा १२ करोड बढी खर्च, काेराेना पुष्टि भएका २६ जना डिस्चार्ज

दार्चुला । कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रण गर्न दार्चुलाका स्थानीय तहहरुले १२ करोड बढी रकम खर्च गरेका छन् । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउनदेखि असार मसान्तसम्म दार्चुलाका नौँ वटै स्थानीय तहले १२ करोड बढी रकम खर्च गरेका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, औषधी खरीद, नागरिकहरुको उद्धार, प्रोत्साहन भत्ता र स्वयमसेवक परिचालन लगायत शिर्षकमा असारसम्म ११ करोड ८७ लाख ३४ हजार ९ सय १४ रुपैँया नगद खर्च गरेको र अधिकासं स्थानीय तहको भुक्तानी गर्न बाकी तथा उधारो रकम सार्वजनिक नगरिएकोले कोरोना रोकथाममा हालसम्म गरिएको खर्च १५ करोड नाघ्ने अनुमान गरिएको छ ।

अहिलेसम्म सार्वनजिक तथ्याङक अनुसार सबैभन्दा बढी शैल्यशिखर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा तीन करोड १७ लाख १९ हजार ४९६ रुपैँया, नौगाड गाउँपालिकाको एक करोड ५८ लाख, लेकम गाउँपालिकाले एक करोड ५२ लाख ७२ हजार चार सय रुपैँया, मालिकार्जुन गाउँपालिकामा एक करोड २३ लाख ५३ हजार ४४४ रुपैँया, महाकाली नगरपालिकामा एक करोड २२ लाख ४७ हजार नौँ सय रुपैँया, दुँहु गाउँपालिकामा एक करोड १९ लाख, ५० हजार २९७ रुपैँया, मार्मा गाउँपालिकामा ७६ लाख ५८ हजार १२२ रुपैँया, व्याँस गाउँपालिकामा ५१ लाख रुपैँया र अपि हिमाल गाउँपालिकामा ६६ लाख ३३ हजार २५५ रुपैँया खर्च भएको छ ।

अधिकासं स्थानीय तहको अद्यावधिक तथ्याङक सार्वजनिक भइनसकेको र कतिपयको भुक्तानी गर्न बाकी रकम नजोडिएकोले खर्च रकम वास्तविकता केहि भन्दा कम देखिएको छ । अझैपनि जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा एक सय ६० जना रहेका छन् । उनिहरुको व्यवस्थापनमा भएका खर्च सार्वजनिक गर्न बाकी रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार अहिलेसम्म दार्चुलामा एक हजार एक सय ५३ जनाको पीसीआर परीक्षण गरिएकोमा २६ जना संक्रमित भेट्टिएका छन् । संक्रमण पुष्टि भएका सबै डिस्चार्ज भइसकेका छन् । जिल्ला बाहिर तीन जनामा संक्रमण पुष्टि भएपनि दार्चुलाको कोरोना रिपोर्टमा समावेस गरिएको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?