अपिहिमालको भवानी माबि सौगन्ना तीन तारे घोषणा

दार्चुला । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ सौगन्नामा रहेको भवानी माबि तिनतारे विद्यालय घोषणा भएको छ । अपिहिमाल गाउँपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) को सहजिकरणमा भवानी माध्यमिक विद्यालय सौगन्ना एक औपचारिक कार्यक्रमका बिच खानेपानी, सरसफाइ तथा स्वच्छतामा जिल्लाको सातौँ तथा गाउँ पालिकाको तेस्रो तीन तारे विधालय घोषणा भएको हो ।

तिन तारे विद्यालय घोषणा कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रसिंह धामीको अध्यक्षता, गाउँ पालिका उपाध्यक्ष उर्मिला बोहराको प्रमुख आतिथ्यता तथा आरभीडब्लुआरएमपीको दार्चुला–बैतडी हेर्ने जलस्रोत सल्लाहकार लवराज पन्तको विशिष्ट आतिथ्यता रहेको थियो । विद्यार्थी, शिक्षकका साथै अभिभावकहरुको उपस्थितिका बिच हर्ष–उल्लासका साथ विभिन्न सांस्कृतिक कार्यक्रम सहित घोषणा कार्यक्रम सम्पन्न भएको अपिहिमाल गाउँपालिकाका प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो ।

विद्यालयले पूरा गरेका विभिन्न दश वटा सूचकहरुका आधारमा तीन तारे विद्यालय घोषणा गरिएको उहाँले बताउनुभयो । यसअघि अपिहिमाल गाउँपालिकाका दुई वटा विद्यालय तीन तारे घोषणा भइसकेका छन् ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?