सुदूरपश्चिमका भौतिक पुर्वाधार मन्त्री सोडारीका छोरा पक्राउ

दार्चुला । कैलालीका एकजना सवारी ज्यान मुद्दामा पक्राउ परेका छन्। प्रहरीले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको हो।

सोडारीका २३ वर्षीय छोरा बबीलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। बबीले चलाएको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो । पुस २ गते सोडारीले चलाएको बागमती प्रदेश–०१– २५ च ६६५५ नम्बरको गाडीले टीकापुर नगरपालिका– १ मा ९९ वर्षीया पैदल यात्री दुर्गादेवी न्यौपानेलाई ठक्कर दिएको थियो।

घाइते न्यौपानेको उपचारका क्रममा ११ पुसमा मृत्यु भएको थियो। उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहने गरी सोडारीलाई छाडिएको र घाइतेको मृत्युपछि सम्पर्कमा नआएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। –दिनेशखबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?