महाकालीमा १० दिन विद्यालय विदा, बालबिकास सहजकर्ता र कर्मचारीलाई माघदेखि मात्रै बढेको तलब

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका भित्रका विद्यालयमा १० दिन पठनपाठन बन्द हुने भएको छ। नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म त्यहाँका विद्यालयको पठनपाठन बन्द हुने जनाएको हो।

बढ्दो चिसोले विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्यमा समस्या निम्त्याउने हुँदा नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ। हाल नगरपालिकाभित्र ९ वटा संस्थागत र ४८ वटा सामुदायिक विद्यालय रहेका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।

माघदेखि बढेको तलब
दार्चुलाको महाकाली नगरपालिकाले बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई अगामी माघ १ गतेदेखि लागु हुने गरी बढेको तलब दिने भएको छ। नगरपालिकाको शनिबार बसेको नवौँ नगरसभाले बालविकास शिक्षक र विद्यालय कर्मचारीका लागि सरकारले तोकेको मासिक १५ हजार रुपैयाँ तलब माघबाट दिने निर्णय गरेको हो।

सरकारले बालविकास शिक्षकलाई विगतमा मासिक ६ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउँदै आइएकामा आर्थिक वर्ष २०७८/०७९ को बजेटमा उक्त पारिश्रमिक वृद्धि गर्दै १५ हजार पुर्याउने घोषणा गरेको थियो। तर तलब बढाउने निर्णय कार्यान्वयन नगरेको उक्त नगरपालिकाले शिक्षकहरुको निरन्तर आन्दोलनपछि नगरसभामार्फत बढेको तलब दिने निर्णय पारित गरेको हो।

नगरपालिकाभित्र सबै सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारी ११२ जना रहेका छन्। अब उनीहरु माघ १ गतेदेखि मासिक १५ हजारका दरले तलब पाउने भएका छन्।

यसअघि दार्चुलाको नौगाड, अपिहिमाल, मार्मा र लेकम गाउँपालिकाले बढेको तलब दिने निर्णय गरिसकेको छ। नौगाड र लेकमले निकासा गरिसकेको र मार्मा र अपिले निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?