कैलालीको गेटामा मन्त्री आले चढेको गाडी दुर्घटना

दार्चुला । कैलालीको गेटामा सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो ।

मन्त्री आले चढेको सुप प्रदेस ०१ ०० १ झ ३३३ गाडिलाइ बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले बताउनुभएको छ । धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्ने क्रममा मन्त्री आलेको गाडिलाइ सो गाडिले ठक्कर दिएको हो।

गाइलाइ ठक्कर दिएर अनियंत्रित भएको कारले आलेको गाडिलाइ पनी ठक्कर दिएको प्रहरीले जनाएको छ । मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन् । ठक्कर दिने गाडिमा सवार सबै सकुसल रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?