दार्चुलाका प्रिन्स दाहाल इतिहास रच्दै ब्याडमिन्टर जुनियर विश्व वरीयताको शीर्षस्थानमा

दार्चुला । नेपाली ब्याडमिन्टनका युवा स्टार दार्चुलाका प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थानमा पुग्दै इतिहास कायम गरेका छन् ।

ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) मंगलबार सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लेका छन् ।

विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो । पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्षस्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।

पहिलो पटक विश्व वरीयताको शीर्षस्थानमा पुगेका प्रिन्सले धेरै खुशी व्यक्त गर्दै यसले अझै राम्रो गर्न मोटिभेट गर्ने बताए । ‘एकदमै खुशी छु । यसले अझै राम्रो गर्न हौसला मिलेको छ । साथै सिनियरतर्फ पनि राम्रो गर्न मोटिभेट गरेको छ ।’ प्रिन्सले छोटो प्रतिक्रिया दिँदै भने ।

दुई स्थान सुधार गर्दै शीर्षस्थामा उक्लेका प्रिन्सको १० हजार ५०० अंक छ । मलेसियाका जस्टिन होह ९ हजार ५९० अंकसहित दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?