एमाले कञ्चनपुरको अध्यक्षमा बिष्ट विजयी

दार्चुला । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी भएका छन्। बिष्टले २८१ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी वीरबहादुर थापा ९पातल०ले १८३ मत ल्याए। उपाध्यक्षमा लक्ष्मी बुढा २५४ मत ल्याएर विजयी भएकी छन्। उहाँका प्रतिस्पर्धी महेश पन्तले २०५ मत ल्याएका छन्।

सचिवमा पल्लबराज भट्ट २३३ मत ल्याएर विजयी भएका छन्। उहाँका प्रतिस्पर्धी अशोककुमार चन्दले २२६ मत ल्याएका छन्। उपसचिव पदमा फैरु तमाङ २९६ र कर्णबहादुर चन्द ३४७ मत ल्याएर विजयी भएका छन्।

विजयी हुने पदाधिकारी सबै बिष्ट प्यानलका रहेका छन्। पाँच पदाधिकारीसहित १२० सदस्य चयनका लागि निर्वाचन भएको हो। निर्वाचनमा ४९९ मतदाता मध्ये ४७० जनाले मतदान गरेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?