सेती नदीमा बेपत्ता दुई स्वास्थ्यकर्मी अझै भेट्टिएनन

दार्चुला । सेती नदीमा बगेर बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी खोजी जारी राखिएको छ।

डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट बिनय बहादुर सिंह र ल्याव असिस्टेन्ट हरि जोशीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार नदीमा पानीको बहाब धेरै भएकाले समस्या भईरहेको छ।

शैलेश्वरी मन्दिरको दर्शन गर्न शनिबार बिहान डोटी गएका उनीहरु दर्शनपछि फर्किने क्रममा सेती नदीमा नुहाउन जादा बेपत्ता भएका थिए।

संगै नुहाउन गएका खगेन्द्र कुँवरको भने उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?