बाजुरामा आगलागीबाट लाखौँको क्षति

दार्चुला । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा सोमबार आगलागी भएको छ ।

माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावत सहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

रावतको पसलबाट आगलागी सुरु भएर भरत रावतको कस्मेटिक पसल र मोहन नेपालीको सिलाइ कटाइमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताउनुभयो । उहाँका अनुसार आगलागी हुँदा लाखौँको क्षति भएको छ । आगलागीबाट तीनवटै पसल पूर्णरूपमा नष्ट भएको प्रहरी निरीक्षक जोशीको भनाइ छ ।

बजारमा तीन पसलमा भएको आगलागी स्थानीय, सशस्त्र प्रहरी बल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। आगलागीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?