बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द

दार्चुला । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ।

कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार बैतडीमा माघ मसान्तसम्म भीडभाड हुने क्रियाकलापमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो।

कार्यालयले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। प्रशासनले यहाँका सरकारी निकाय तथा स्थानीय तहहरूलाई पत्र लेख्दै कोभिड संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस र संघीय सरकारबाट निर्देशन भएका निर्णयहरू कार्यान्वयन गर्न आग्रह गरेको छ।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषाका परीक्षा, चिकित्सा शिक्षाका सबै प्रयोगात्मक परीक्षाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तै‚ खोप कार्यक्रमलाई जिल्लाभरी अभियानकै रुपमा सञ्चालन गर्न र विद्यालयहरुमा सञ्चालन भइरहेको खोप अभियानलाई प्रभावकारी बनाउन प्रशासनले आग्रह समेत गरेको छ। यहाँका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदैछ।

भारतसंग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म संक्रमणका कारण १९ जनाको मृत्यु भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?