दार्चुला । कञ्चनपुरमा भालुुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका(५ वनदेवी मन्दिरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जुम्लाको कन्कासुन्दरी गाउँपालिका (६ स्थायी घर भएर हाल कैलालीको गोदावरी नगरपालिका ( २ अत्तरिया बस्ने ५७ वर्षिय बृख कामी रहेका छन् ।
उहाँको साथबाट भालुको ९२ ग्राम पित्त र २४ ग्राम यार्सागुम्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।
यस्तै कामीको अत्तरियास्थित डेरा कोठाबाट समेत थप ५०० ग्राम यार्सागुम्बा पनि बरामद गरेर अनुसन्धान भइरहेको बमले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया