भीमदत्त नगरपालिकालाई ‘बाह्रसिङ्गा नगर’ का रुपमा चिनाइने अभियान सुरु

दार्चुला । भीमदत्त नगरपालिकालाई बाह्रसिंगाको नगरका रूपमा चिनाउन अभियान सञ्चालन गरिएको छ।

पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिंगालाई चिनाउनका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो।

नगरपालिकाले बाह्रसिंगालाई ब्राण्ड बनाउने घोषणा गरेको छ। ‘बाह्रसिंगालाई नगरको ब्राण्डका रूपमा घोषणा गरेका छौँ’, नगरप्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, ‘बाह्रसिंगाको प्रचार प्रसारका कार्यक्रम सञ्चालन गर्छौं। बाह्रसिंगाको लोगो तथा पोष्टर कार्यालय, चोक चौराहमा राखेर प्रचार प्रसार व्यापक बनाउँछौं।’

नगरपालिकामा राखिने सबै प्रकाशनमा बाह्रसिंगाको लोगो राखिने उहाँले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठूलो बाह्रसिंगाको झुन्ड देख्न पाइन्छ।

बाह्रसिंगामार्फत शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसारसँगै पर्यटन प्रवर्धन गर्ने नगरपालिकाको योजना छ।

नगरप्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रचुर सम्भावनाको धनी रहेकाले त्यसको प्रवर्धन कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो।

आव २०७८।०७९ को नीति तथा कार्यक्रममा समेत नगरपालिकालाई बाह्रसिंगाको नगरका रूपमा परिचित गराउने कार्यक्रम समावेश गरिएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले भीमदत्त नगरपालिकाले बाह्रसिंगालाई ब्राण्डका रूपमा प्रयोग गर्ने कार्यसँगै नगरलाई बाह्रसिंगा नगर घोषणा गर्ने कार्य निकै सह्रानीय रहेको बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?