कैलालीमा कांग्रेस जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान हुने

दार्चुला । नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

जिल्ला अधिवेशन अन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।

पहिलो चरणको मतगणना अनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका छन । उनले १ हजार १ सय ६९ मत पाएका छन् । सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले १ हजार ७२ र रामबहादुर कलेलले १ सय ९७ मत पाएका छन् ।

अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुनेछ । आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो ।

अहिले सभापतिको मात्रै मतगणना भएको हो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान गरिने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?