कैलालीमा ट्रकको ठक्करबाट किशोरीको मृत्यु

दार्चुला । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

मोहनापुल(अत्तरिया सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमाबा २ ख५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी १६ वर्षीया स्वस्तिका कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुँवरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ठक्कर दिने ट्रक र चालक गोदावरी नगरपालिका–४ का गणेश लामालाई नियन्त्रणमा लिइएको छ । कुँवरको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?