“झरी”

झरी खै कहाँबाट झरी?

आकाशबाट झरी वा वादलबाट झरी

मलाई खुबै मन पर्छ झरी

तिम्ले नै सिकाकी हौं झरी मन पराउन

तिमी भन्ने गर्थ्यौ नि झरी पर्दा झ्यालबाट चिहाएर हेरिरहन्छु भनेर

तिमी भन्ने गर्थ्यौ नि झरी पर्दा पढ्न,लेख्न, खेल्न सबै छोडेर एक तमासले झरी परेको हेरिरहन्छु भनेर

तिम्ले नै भनेकी हौं झरी पर्दा मन त्यसै फुरुङ्ग हुन्छ भनेर

हो, तिम्ले भनेका तिनै कुराहरु कतिखेर मेरो

मानसपटलमा सतिसालका रुखका जरा गाडिएझैं गाडिएका रहेछन् पत्तै भएन!

विगत दुई तीन दिनदेखि लगातार झरी परिरहेछ…

 

खै किन हो किन ? तिम्रा यादहरु पनि उसैगरी

झरीसँगै लगातार आईरहेछ

झरी  अर्थात सिमसिम पानी

घाँस दाउरा, स्याउला सोत्तर काट्ने

दिदिबहिनीहरुलाई दिक्क लगाउने झरी

मलाई भने कुन्नी किन हो त्यसै रमाइलो लाग्छ

तिम्ले भने जस्तै मन त्यसै रमाउछ

लाग्छ तिम्रा यादहरु र झरिहरु उस्तैउस्तै हुन्

आउछन् र मन भुलाएर जान्छन्

बर्खा त हरेक बर्ष आउदो हो र झरी पनि हरेक बर्ष पर्दो हो

तर विगत बर्षका बर्खा र झरी मलाई त्यति खास लागेनन् तर यसबर्ष…

 

अब आउने बर्खा र झरीहरु मेरालागि खास हुनेछन्,

तिम्लाई सम्झिने बहाना हुनेछन्झरी पर्दा सोच्नु कि तिम्लाई कोहि मुसफिर सम्झिएरहेछ।

 

“झरी” । शब्द-जनक सिंह साउँद  (सर्जक साउँद  साहित्यमा  विगत केहि समयदेखि कलम चलाउनुहुन्छ)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?