दार्चुला । कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिकास्थित पहलमानपुर क्षेत्रमा सुपप्र ०१ ०१० प ४२८७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी नगरपालिका – ९ का २७ वर्षिय हरिशरण चौधरी मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँका ३० वर्षिय किसन चौधरीले चलाएको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको र दुर्घटनामा सोही वडाका २२ वर्षिय दिपेन्द्र चौधरी र चालक ३० वर्षिय किसन चौधरी घाईते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मोटरसाइकलमा तीन जना सवार रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया