बझाङका एक वडाध्यक्षले पाँच वर्षको पारिश्रमिक विद्यालयलाई दिए

दार्चुला । बझाङको जय पृथ्वी नगरपालिका वडा नंं. १० का वडा अध्यक्ष दलबहादुर विष्ट ‘कृष्ण’ले आफ्नो पाँच वर्षे कार्यकालको तलव भत्ता बापतको रकम स्थानीय विद्यालयलाई दिएका छन् ।

उनले पाँच वर्षमा पाएको तलव भत्ता बापतको १५ लाख रुपैयाँले सत्यवादी माध्यमिक विद्यालयमा ‘कृष्ण पुष्पा फाउन्डेसन’ को नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् । विष्टले आज १५ लाख रुपैयाँ बराबरको चेक विद्यालयलाई हस्तान्तरण गरेका हुन् । उहाँ निर्माण व्यवसायी समेत हुन् ।

राज्यले दिएको सेवा सुविधा जति सबै आफूले अध्ययन गरेको विद्यालयको कोषमा जम्मा गर्न पाउँदा गौरवको अनुभूति भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?