डिलाशैनीको बेतालेश्वर आबि तीनतारे घोषणा

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ स्थित बेतालेश्वर आधारभूत विद्यालय तीनतारे विद्यालय घोषणा भएको छ । विद्यालयले सरसफाई सम्बन्धिका १० वटा सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको विद्यालयका शिक्षक देबदत्त जोशीले जानकारी दिनुभयो । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा डिलाशैनी गाउँपालिकले विद्यालयलाई तीनतारे घोषणा गरेको उहाँले बतायनुभयो ।

विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन, उचित शौचालयको व्यवस्थापन, वातावरणीय सरसफाई लगायतका १० ओटा सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको हो । यो संगै बैतडीका १० वटा विद्यालय तीनतारे घोषणा भएका छन् । यसअघि जिल्लाको शिवनाथ र पञ्चेश्वरका ९ वटा विद्यालयलाई तीनतारे घोषणा गरिएको थियो ।

यस्तै पूर्ण सरसफाईका ७ वटा सूचक पूरा गरेको डिलाशैनीको बासीगाउँ समुदायलाई नमूना समुदाय घोषणा गरिएको छ । सरसफाई सम्बन्धि तोकिएका सूचक पूरा भएपछि समुदायलाई नमूना समुदायक घोषणा गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?