१५२९ सवारी कार्वाहिबाट सोह्र लाख राजश्व संकलन

दार्चुला। अस्थायी ट्राफिक प्रहरी कार्यालय दार्चुलाले एक वर्षको अवधिमा एक हजार पाँच सय २९ सवारीसाधन कार्वाहि गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा ट्राफिक नियम विपरित सञ्चालन भएका सवारी साधन कार्वाहिबाट १५ लाख ७६ हजार रुपैँया राजश्व संकलन भएको ट्राफिक प्रहरी दार्चुलाका प्रमुख राजेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार दार्चुलामा गत आर्थिक वर्ष २०७६÷०७७ मा ४६ वटा बस, एक सय ७१ ट्रक, आठ सय ८८ जीप, एक सय ८७ ट्याक्टर, दुई सय ३३ मोटर साइकल र एउटा टिपर कार्वाहिमा परेका छन् ।

बस कार्वाहिबाट २९ हजार ५ सय, ट्रक कार्वाहिबाट एक लाख चार हजार, जीप कार्वाहिबाट आठ लाख ३१ हजार, ट्याक्टर कार्वाहिबाट एक लाख ३७ हजार पाँच सय, मोटर साइकल कार्वाहिबाट एक लाख ७२ हजार, तथा टिपर कार्वाहिबाट पाँच सय रुपैयाँ जरिवाना गरिएको बिष्टले जानकारी दिनुभयो ।

क्षमता भन्दा बढि सामान बोक्ने दुई सय ९५ सवारी कार्वाहिबाट एक लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरिएको उहाँले बताउनुभयो । दार्चुलामा गत आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?