पद्मा अस्पतालमा बिरामी मृत्यु प्रकरण : सहमति पछि आफन्तले बुझे शब

दार्चुला । कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा एक जना बिरामीको ज्यान गएपछि बन्द गरिएको सडक सञ्चालनमा आएको छ ।

अस्पतालमा उपचाररत गोदावरी नगरपालिका ३ का ३८ वर्षीय विनोदकुमार बोहराको ज्यान गएपछि अत्तरियामा सडक बन्द गरिएको थियो । केहीबेरअघि भने अवरोध हटेर गाडी सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

अहिले आक्रोशित आफन्त र अस्पतालबीच सहमतिको प्र
यास भइरहेको बताइएको छ । डाक्टरको लापर्बाहीका कारण ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले आज बिहान अस्पतालमा ढुङ्गामुढा प्रहार गरेका थिए ।

ढुङ्गामुढा प्रहारबाट अस्पतालबाहिरका सिसा फुटेका छन् । आक्रोशित भिड तितरबितर गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?