ब्राउन सुगरसहित ६ जना पक्राउ

दार्चुला । कञ्चनपुरमा एक युवतीसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरु पक्राउ गरिएको हो।

भीमदत्त नगरपालिका वडा नम्बर १२ का २३ बर्षीय महेश देउवा, २१ बर्षीय सुदर्शन भारती, २२ बर्षीय लोकेन्द्र सुनाहा, २४ बर्षीय प्रेम भट्ट, २२ बर्षीय पदमराज भट्ट र १९ बर्षीया युवती विपना रावललाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट एक दशमलब ८५ ग्राम ब्राउन सुगर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्ष अमरबहादुर थापाक्षेत्रीले बताउनुभयाे ।

विद्यालयको पर्खाल नाघेर उनीहरुले विद्यालयभित्र लागूपदार्थ सेवन गरिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ। रावल आफूसँग रहेका ४ थान लाइटर, चुरोटको बट्टा र प्लास्टिकमा रहेको ब्राउनसुगर भुईमा फालेर भागेकी थिइन्।

उनलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए। पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले बताउनुभयाे।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?