बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुला । बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान छविसपाथिभेरा गाउँपालिका ३ बावन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप दुर्घटना हुँदा ५० वर्षीय चालक जयबहादुर सार्कीको मृत्यु भएको हो ।

माथि बाट आएको ढुङ्गा जिपमाथि खस्दा किन्द्राल भीरमा जिप ४०० मिटर तल सेतीनदीमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङ जनाएको छ ।

चालक सार्की छविसपाथिभेरा (३ बामनडाँडाका रहेका पाइएको छ । सार्की आफै गाडी साहु हुन, उहाँको घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिम्खेत ल्याउने तयारी भैरहेको डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?