दार्चुला । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पूर्वीचौकी गाउँपालिका–७ पोखरी बस्ने ५५ वर्षीय दिलबहादुर बडेला मृत फेला परेका हुन्।

वैशाख २ गतेदेखि बेपत्ता भएका उनको शव सोही वडाको दाडीया भिरमुनि सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनको खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?